डा रमिलको नयाँ गीत

समाधान संवाददाता २०८० पुष १६ गते ११:४१

पोखरा ।
पोखरामा जन्मेर हाल न्युजिल्यान्डमा बसोबास गर्ने डा. रमिल अधिकारीले हालै नयाँ गीत सार्वजनिक गरेका छन् । बाबु र छोराछोरी बिचको सम्बन्ध समेटेर प्रस्तुत गरिएको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको हो ।


सन्तानको रेखदेखमा आमाको भूमिक बढी देखाइने गरिएकोमा यस पटक गीतकार डा. अधिकारीले बुबाप्रति समर्पित गरेर बुवालाई मुख्य भूमिकामा राखेका छन् । डा. अधिकारीको आफ्नै रचना र अन्स अधिकारी र प्रब्लिन अधिकारी निर्माता रहेको गीतको म्युजिक भिडियोमा राजेश हमालको अभिनय छ ।


प्रकाश धितालको निर्देशन, उत्सव दाहालले छायांकन र विकास दाहालले भिडियो सम्पादन गरेका छन् । यसअघि पनि केही गीत सार्वजनिक गरिसकेका अधिकारीलाई पोखरा सहर र न्युजिल्यान्डको अपर हट सिटीबिच भगीनी सम्बन्धको प्रक्रिया अघि बढाउनसमेत लागेको बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया