मित्रमिलन सहकारी अनियमितता प्रकरण

कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा

समाधान संवाददाता २०८० पुष १७ गते १८:५५

पोखरा ।

मित्रमिलन सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पूर्पक्षका लागि थुनामा परेका छन् । कास्की जिल्ला अदालतले आज उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित सहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ । पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

Advertisement

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । बयानका क्रममा पराजुलीले घुस लिएकाे विषयमा इन्कारी बयान दिएका थिए । तर बेन्चले उनको बयानलाई विश्वास गरेन् ।

Advertisement

तपाईको प्रतिक्रिया