पत्रकार डुम्रेका बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना

समाधान संवाददाता २०८० पुष २० गते १२:११

पाेखरा ।

पत्रकार प्रकाश डुम्रेको परिवारले स्वर्गीय बुबाआमाको स्मृतिमा शैक्षिक क्षेत्रमा योगदान गर्ने गरी स्याङ्जा जिल्लामा टेकलाल–राधिका स्मृति अक्षयकाेष स्थापना गरेको छ ।

डुम्रेका बुबा टेकलाल डुम्रे निधन भएको १३ दिनको पुण्य तिथिमा अक्षय कोष घाेषणा गरिएको हाे । उनकी राधिका डुम्रे (पाठकको) यसअघि नै मृत्यु भएको थियाे । कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने डुम्रेले बताएका छन् ।

Advertisement

जिल्ला भित्रका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रत्येक फरक फरक बर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा स्टेसनरी सामग्री,खेलकुद सामग्री लगायतको सहयोग गर्ने लक्ष्य राखिएकाे छ । साथै स्मृतिमा फरकफरक बर्ष र स्थानमा भलिबल,फुटबल/फुटसल,क्रिकेट लगायतका स्मृतिमा खेलकुद कार्यक्रम गर्ने उदेश्य लिएको छ ।

साथै वृद्धा आश्रम,बालगृह,स्याहार केन्द्रहरुमा सकेको सहयोग गर्ने योजना अक्षय काेषले राखेको छ । रु १ लाख बराबरको स्मृति अक्षयकोषबाट प्राप्त ब्याजमा प्रत्येक वर्ष अपुग रकम थपेर माथि उल्लेखित कार्यहरू गर्ने उदेश्य लिएको डुम्रेले बताए । डुम्रे गर्जनपाेष्ट साप्ताहिकका प्रकाशक सम्पादक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया