राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट किरणबाबु र पदम गण्डकीका उम्मेदवार

समाधान संवाददाता २०८० पुष २३ गते ९:३६

पोखरा ।

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ।

पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ गण्डकीबाट उम्मेदवार हुने भएका छन् । गण्डकीबाट उम्मेदवार छनोट भएका कांग्रेस श्रेष्ठ गण्डकी प्रदेशका महामन्त्री हुन् भने परियार तनहुँका हुन्।

Advertisement

कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भट्ट र बलदेव बोहरा (सुदूरपश्चिम), विष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो। बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।

१० जना मध्य ४ जना आफ्नो पक्षको हुनु पर्ने बताउँदै आएको शेखर कोइराला र गगन थापा पक्षले ३ जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । सानेपामा रातभर बैठक बसेर बिहान ५ बजे सार्वजनिक भएको थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया