पोखराबाट रामपुर जाँदै गरेको जिप दुर्घटना, घाइतेलाई पोखरा ल्याइदै

समाधान संवाददाता २०८० पुष २५ गते ११:२४

पोखरा ।

पाेखराबाट पाल्पाकाे रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ । तनहुँ प्रहरीका अनुसार फरक दिशाबाट आएको बसलाई साइड दिने क्रममा जीप सडकबाट झण्डै एक सय ५० मिटर तल झरेको छ ।

जिपमा १२ जना यात्रु सवार रहेकाे बताइए पनि घटनाको बिस्तृत विवरण प्राप्त भएकाे छैन ।

Advertisement

दुलेगाैडा स्थित पत्रकार राजन उपाध्यायका अनुसार घटनास्थल तर्फ पठाइएका २ वटा एम्बुलेन्सले घाइतेहरुलाई पोखरा तर्फ ल्याउदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया