पर्यटन प्रर्वद्धनका लागि मुस्ताङको समग्र चिनारी काठमान्डौंमा देखाईने

समाधान संवाददाता २०८० माघ ५ गते १२:०९

जोमसोम स् गण्डकी प्रदेशकै पर्यटकीय धरोहरको रुपमा रहेको हिमाली जिल्ला मुस्ताङको जिवन्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मौलिकतालाई काठमाडौंमा उजागर गरिने भएको छ। हिमाली जिल्ला मुस्ताङको धार्मिक,सांस्कृतिक,ऐतिहासिक,भेषभुषा ,रहनसहन र जीवनशैली समेटिने गरी काठमाडौंमा बृहत प्रथम मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो।

हिमाली जिल्ला मुस्ताङको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित लो मुस्ताङ वेलफेयर ट्रस्टले आउँदो फेब्रुअरी २ र ३ तारिख अर्थात माघ १९ र २० गते पहिलो पटक देशकै प्रमुख सहर राजधानी काठमाडौंमा मुस्ताङ फेस्टिबल आयोजना गर्न लागेको हो। काठमाडौंको बौद्ध स्थित तारागाउँ ९हायात० रिजेन्सी होटलमा दुई दिनसम्म मुस्ताङ फेस्टिबल आयोजना हुने संस्थाका अध्यक्ष छिरिङ फेन्जो गुरुङले जानकारी दिए।

आयोजक लो मुस्ताङ वेलफेयर ट्रस्टले हिमाली जिल्ला मुस्ताङको सम्पूर्ण मौलिक तस्विरलाई विभिन्न माध्यमबाट काठमाडौंमा पस्किने गरी ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौं’ उद्घोषसहित मुस्ताङ फेस्टिबलको तयारी सुरु गरेको संस्थाका अध्यक्ष गुरुङको भनाइ छ।

Advertisement

फेस्टिबलमा समग्र मुस्ताङ जिल्लाको परिचय उजागर गरिने र यसले हिमाली जिल्ला मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउन योगदान दिने संस्थाका अध्यक्ष गुरुङले दावी गरे। पहिलो पटक आयोजना गरिने तयारी गरिएको मुस्ताङ महोत्सवमा श्रव्य दृष्य कलासंस्कृति,फोटोग्राफी,प्रदर्शनी,वृतचित्र,हस्तकला र अन्य स्टल बिक्री केन्द्र रहने जनाएको छ।

उत्तरी छिमेकी देश चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको धार्मिक, कलासंस्कृति, रहनसहन,भेषभुषा र मौलिकता तिब्बतीयन संस्कृतिसँग मिल्दोजुल्दो छ। उपल्लो मुस्ताङमा सदियौं वर्ष पुराना दरबार, गुम्बा,म्हाने स्तुपा र प्राचिन गुफाहरु अवस्थित छ। धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदा नियाल्न विदेशी पर्यटक त्यहाँ जाने गर्छन्।

Advertisement

आयोजक लो मुस्ताङले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको कोरलासम्मका धार्मिक तथा सांस्कृतिक,जैविक विविधिता ,पर्यटकीय स्थल र सबै समुदायहरुको कलासंस्कृतिलाई एउटै मञ्चबाट प्रर्दशन गर्ने लक्ष्य राखेको आयोजक संस्थाका अध्यक्ष फेन्जो गुरुङले जानकारी दिए।

मुस्ताङमा अवस्थित सभ्यता र संस्कृतिलाई महोत्सवका माध्यमबाट उजागर गरी बढीभन्दा बढी पर्यटक मुस्ताङ भित्र्याउने उद्देश्यसहित काठमाडौं मुस्ताङ फेस्टिबलको आयोजना गर्ने तयारी गरिएको उनले बताए ।

हिउँदयामा जाडो छल्न उपल्लो मुस्ताङीहरु अहिले बेसीमा छन्। पोखरा—काठमाडौं लगायतका स्थानमा छरिएर रहेका उपल्लो मुस्ताङीलाई एकत्रित गर्दै राजधानी काठमाडौं मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो।

फेस्टिबलमा मुस्ताङीहरुको आफ्नो धार्मिक तथा सांस्कृतिक कलासंस्कृतिलाई श्रव्य(दृष्य तथा, फोटो प्रर्दशनीमार्फत उजागर गरिने योजना रहेको बताइएको छ।

द्दण्ण्

तपाईको प्रतिक्रिया