मुस्ताङमा ६ महिनामा २ सरकारको खर्च १ अर्ब ४ करोड

सुन्दरकुमार थकाली २०८० माघ ५ गते १२:२०

मुस्ताङ ।
मुस्ताङमा चालु आर्थिक वर्ष २०८०/०८१ मा संघीय तथा प्रदेश कार्यालयका लागि विनियोजित बजेटको ४० प्रतिशत बजेट ६ महिनामा खर्च भएको छ छ । चालु वर्ष संघ तथा प्रदेश कार्यालयका लागि २ अर्ब ६५ करोड ३४ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ४ करोड ७६ लाख बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो ।


संघीय तथा प्रदेश सरकारको चालु बजेट १ अर्ब ३२ करोड ७१ लाख मध्ये ६१ करोड ३७ लाख अर्थात (४६.२५) प्रतिशत र पुँजिगततर्फ १ अर्ब ३२ करोड ६३ लाख मध्ये ४३ करोड ३८ लाख अर्थात (३२.७१) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो । यसैगरी संघ तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकमा विनियोजन हुँने १ अर्ब २ करोड ४९ लाख बजेटमध्ये ४९ करोड ६८ लाख अर्थात (४८.४८ं) प्रतिशत बजेट मुस्ताङका ५ स्थानीय तहलाई वित्तीय हस्तान्तरण भएको हो ।


मुस्ताङ जिल्लाका लागि संघ तथा प्रदेश र स्थानीय तहका लागि विनियोजित बजेट ३ अर्ब ६७ करोड ८४ लाख बजेट मध्ये १ अर्ब ५४ लाख अर्थात (४१.९९) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका प्रमुख जब्बरबहादुर भण्डारीले जानकारी दिए ।

Advertisement

कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्षको श्रावणदेखि पुससम्ममा संघतर्फका कार्यालयलाई विनियोजन भएको बजेट २ अर्ब ८३ करोड ३० लाखमा १ अर्ब ३५ करोड ८० लाख अर्थात (४७.९४) प्रतिशत बजेट खर्च भएको बताए । उनका अनुसार संघतर्फ चालु कुल बजेट १ अर्ब ७ करोड ४६ लाखमध्ये ५५ करोड ४६ लाख अर्थात (५१.६१) प्रतिशत र संघतर्फको कुल पुँजिगततर्फ ८१ करोड ६ लाख बजेटमध्ये ३४ करोड १२ लाख अर्थात (४२.१) प्रतिशत बजेट ६ महिनामा खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाइ छ ।

संघीयतर्फ स्थानीय तह वित्तीय हस्तान्तरण रकम ९४ करोड ७८ लाख लाख बजेटमा ४६ करोड २१ लाख अर्थात (४८.७६) प्रतिशत बजेट वित्तिय हस्तान्तरण भएको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे ।

Advertisement


चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशतर्फ विनियोजित कुल बजेट ८४ करोड ५३ लाख बजेटमा १८ करोड ६४ लाख अर्थात (२२.०५) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको हो । जसअन्तर्गत प्रदेश चालुतर्फ २५ करोड २४ लाखमा ५ करोड ९१ लाख अर्थात (२३.४३) प्रतिशत र पुँजीगततर्फ ५१ करोड ५७ लाखमा ९ करोड २५ लाख अर्थात (१७.९५) प्रतिशत बजेट चालु वर्षको ६ महिनामा खर्च भएको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे । उनका अनुसार प्रदेश स्थानीय तह वित्तीय हस्तान्तरण अनुदान बजेट ७ करोड ७१ लाखमा ३ करोड ४६ लाख अर्थात (४४.९३) प्रतिशत बजेट खर्च भएको हो ।


गतवर्ष मुस्ताङमा संघ तथा प्रदेश कार्यालयका लागि विनियोजित ३ अर्ब ३७ करोड ७६ लाख बजेटमा ३ अर्ब १ करोड ३५ लाख अर्थात (८९.२२)प्रतिशत बजेट खर्च भएको थियो । गतवर्ष संघ तथा प्रदेशको कुल पुँजीगत बजेट १ अर्ब २ करोड ९ लाख बजेटमा ८९ करोड ७८ लाख अर्थात (८७.९३) प्रतिशत बजेट खर्च भएको थियो । यसैगरी प्रदेशतर्फ गतवर्ष कुल बजेट ३८ करोड ६९ लाख बजेटमा २८ करोड ९४ लाख अर्थात(७४.८१) प्रतिशत बजेट खर्च भएको थियो । जसमध्ये गतवर्ष पुँजीगत बजेट ६० करोड ७६ लाखमा ४५ करोड ८४ लाख अर्थात (७५.४४) प्रतिशत बजेट खर्च भएको थियो ।


मुस्ताङमा संघीय कार्यालयका कुल पुँजीगत विनियोजित बजेटको ६ महिनाको खर्च रकम ३४ करोड १२ लाख खर्च मध्ये १७ करोड १८ लाख अर्थात (४९.६४) प्रतिशत बजेट राष्ट्रिय गौरवको आयोजना (बेनी—जोमसोम—कोरला)सडक एक्लैले खर्च गरेको हो ।


आयोजनाका लागि चालु वर्ष विजियोजित कुल बजेट ६६ करोड ५९ लाख मध्ये (२५.८०) प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले उल्लेख गरेको छ । कार्यालय अनुसार गतवर्षको पहिलो ६ महिनामा संघीय कार्यालयले पुँजीगततर्फ १ अर्ब २ करोड ९ लाख अर्थात (२०.५८ं) प्रतिशत र चालुतर्फ २२ करोड ८९ लाख अर्थात (४६) प्रतिशत बजेट खर्च गरेका थिए । गतवर्षको तुलनामा ६ महिनाको अवधिमा संघीय पुँजीगत खर्च २२ प्रतिशतले बढेको छ । चालुतर्फ ५ प्रतिशतले बजेट खर्च वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले बताएको छ ।


कार्यालयमार्फत वितरण हुने संघीय तथा प्रादेशिक वित्तीय हस्तान्तरण करिब औसत ५० प्रतिशतको हाराहारीमा छ । संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई ससर्त, समपुरक, समानीकरण र समपुरक बजेट अनुदान दिन्छ । संघीय कार्यालयको पुँजीगत खर्चको आधा रकम करिडोर सडकमा खर्च भएकाले संघीय पुँजीगत खर्च औसत सन्तोषजनक देखिँदैन । त्यसो त बेनी—जोमसोम—कोरला सडकको आयोजनाको पुँजीगत खर्च पनि अपेक्षा गरेअनुसार देखिँदैन । प्रदेशतर्फ विनियोजित पुँजीगत बजेट खर्च पनि निकै न्यून छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया