ग्यालेक्सी एस २४ सिरिज बजारमा

समाधान संवाददाता २०८० माघ १७ गते १४:३१

पोखरा ।
सामसङले एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ । नयाँ ग्यालेक्सी एस२४ सिरिज तथा ग्यालेक्सी एआइ, पोखरामा आयोजित डिलर तथा मिडियाको उपस्थितिमा सार्वजनिक गरिएको हो ।


ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेस सार्वजनिक गरिएको हो । ग्यालेक्सी एस २४ सिरिजले नेटिभ कल एपभित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।


ग्यालेक्सी एस २४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा बताइएको छ । ग्यालेक्सी एस २४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरूको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउने कम्पनीको दाबी छ ।

Advertisement


ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एपभित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ । विभिन्न कलर तथा स्टोरेज क्षमतामा रहेको यो मोबाइलको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँदेखि १ लाख ९९ हजार ९९९ सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया