सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार

समाधान संवाददाता २०८० माघ १८ गते ११:२५

पोखरा ।

यस वर्षको ‘भीमदर्शन मुक्तक पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ ।


पाँच दशकदेखि साधनारत साहित्यकार सुरुभक्तका पाँच मुक्तक कृति प्रकाशित छन् । करिब चार दर्जन कृति प्रकाशित र त्यति नै पाण्डुलिपि तयार गर्नुभएका सरुभक्त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानक पूर्वकुलपति हुन् । यही माघ १८ गते मुक्तक दिवसको अवसरमा पोखरामा हुने कार्यक्रममा सरुभक्तलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले जानकारी दिए ।

Advertisement


‘नेपाली मुक्तकको उत्थान र विकासमा सरुभक्तले गर्नुभएको योगदानको सम्मान गर्दै यसपालि उहाँलाई पुरस्कार प्रदान गर्न लागिएको हो,’ अध्यक्ष कोनेले भने । यसअघि यो पुरस्कार मुक्तककार यादव खरेललाई प्रदान गरिएको थियो ।


प्रतिष्ठानले सञ्चालन गरेको अर्काे पुरस्कार ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकालको मुक्तककृति ‘आरब्ध’लाई प्रदान गरिने भएको छ । यो पुरस्कारको नगद राशि ३१ हजार छ ।

Advertisement

तपाईको प्रतिक्रिया