बालोदय माविमा जिल्लास्तरीय चित्रकला

समाधान संवाददाता २०८० माघ १८ गते १६:४७

पोखरा ।
बालोदयमा माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवसको अवसरमा जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यालयमा स्थापित बालोदय आर्ट एण्ड क्राफ्ट क्लबको आयोजना, विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षता तथा पोखरा १७ का वडा अध्यक्ष राधिकाकुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ४३ वटा विद्यालयका ७२ जना विद्यार्थीहरुको सहभागिता थियो ।


प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलका छात्रा सृष्टि नेपाली प्रथम, सोही विद्यालयका छात्रा कृष्टिना गुरुङ द्वितीय, विभूति विद्या सदनका छात्रा इच्छा गुरुङ तृतीय र सबलाइम मा वि का रेजिना ढकालले सान्त्वना स्थान प्राप्त गरेका छन् । वडाध्यक्ष शाहीले यस्ताखालका सिर्जनशील कार्यक्रमले विद्यार्थीहरुको अन्तरनिहित प्रतीभाको प्रस्फुटन हुने विचार व्यक्त गरिन् ।

प्रतियोगिताका विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य टेकनाथ पौडेलले बधाई तथा शुभकामना व्यक्त गरे । विजयी विद्यार्थीहरुलाई विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने कार्यक्रम संयोजक शिव सिर्पालीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया