रोशिलालाई मिस तामाङको ताज

समाधान संवाददाता २०८० माघ २२ गते १५:३२

पोखरा ।
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधि रोशिला तामाङले जितेकी छन् । पोखरा सभागृहमा भएको प्रतियोगितामा अन्य ९ प्रतिस्पर्धीलाई पछाडि पार्दै रोशिलाले ताज जितेकी हुन् ।


उनले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ, सेकेन्ड रनरअप वर्षा तामाङ, भ्युअर्स च्वाइस अवार्ड अपर्ना तामाङले पाए । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ र सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ तथा भ्युअर्स च्वाइसमा विजयीले नगद २० हजार पुरस्कार हात पारेका छन् ।


देशभरबाट १० तामाङ समुदायका युवतीको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगी विभिन्न सबटाइटल पाए । मनिका लामा तामाङले बेस्ट वक, रिमाया तामाङ मिस कल्चर, दीस्क्षा लामा मिस पंच्युअल, सुनामी तामाङ, टिसिरिङ तामाङ मिस फ्रेण्डली, अर्पना तामाङ बेस्ट हेयर, रोशिला तामाङ मिस ट्यालेन्ट, याङजी तामाङ मिस ब्युटी विथ परपोज र वर्षा लामाले मिस कन्फिडेन्टको टाइटल जिते ।

Advertisement


कार्यक्रममा राजु केसी, तीर्थ तामाङ, कमला गुरुङ र सन्तोष उपाध्याय निर्णायक थिए । गायक संगीतकार राजनराज शिवाकोटी र सञ्जीव वाइवाले सांगीतिक प्रस्तुति राखेका थिए । वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङले पछाडि परेको समुदायको हितका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । बैदाम तामाङ सेवा समाज कास्की अध्यक्ष ज्याक तामाङले तामाङ युवतीहरुको सशक्तीकरण, सांस्कृति उत्थान र क्रियाशीलताका लागि कार्यक्रम आयोजना गरिएको जनाए ।


सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले कार्यक्रम सञ्चालन गरेका थिए । समाजले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया