हिसान फुटसलमा कास्कीबाट १२ टिम

समाधान संवाददाता २०८० माघ २९ गते १२:१६

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेभल फुटसल प्रतियोगिताको कास्की छनोटबाट १२ टिम छानिएका छन् ।


४० टिमले छनोटमा भाग लिएको थिए । छनोट भएकोमा सृजना मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभ्यु इङलिस बोर्डिङ स्कुल छन् । प्रतिभा सेकेन्डरी स्कुल, स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल, शिशुनिकेतन सेकेन्डरी स्कुल, माउन्ट अन्नपुर्ण सेकेन्डरी स्कुल, सगरमाथा सेकेन्डरी स्कुल र न्यु मोडल सेकेन्डरी स्कुल छनोट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।


हिसान गण्डकीको सदस्य विद्यालयबिच हुने प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले सहभागिता जनाउने छन् । कास्कीबाट १२ र गण्डकी प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । गण्डकी स्तरीय प्रतियोगिता फागुन ४ देखि ७ गते सम्म पोखरा रंगशालामा हुनेछ ।

Advertisement


कास्की छनोटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका विजेताले नगद १ लाख, उपविजेताले ५० हजारका साथमा मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।


युनिभर्सिटी लेभल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागीता हुनेछ । .खुला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार, उपविजेताले १० हजारका साथमा मेडल र ट्रफी पाउने छन् । प्रतियोगिता गर्न ६ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया