‘सृजनाका लता पुष्प’ सार्वजनिक

समाधान संवाददाता २०८० फागुन २ गते १२:४२

पोखरा ।
दयासागर पराजुलीद्वारा रचित ‘सृजनाका लता पुष्प’ कविता संग्रह सार्वजनिक भएको छ । संस्कृतिविद् डा जगमान गुरुङ र निम्वार्क वैष्णव परिषद्का अध्यक्ष हरिशरण उपाध्यायले कृति सार्वजनिक गरेका हुन् ।

पोखरा १८ ग्यारजाती घर भई हाल काठमाडौ निवासी दयासागर पराजुलीले पोखरा चिसाखोला वेद विद्याश्रम सञ्चालन एवं आवासीय विद्यार्थीको भोजनका लागि हाल ५ लाख ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरी वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनालाई रकम हस्तान्तरण गरे ।


गुरुङले वेद विद्याश्रमको यज्ञशाला, गाईसेवा र वेदको पठनपाठन नेपालकै उत्कृष्ट रहेको उल्लेख गरे । उनले विश्व शान्तिको कामनाका लागि हवन अपरिहार्य रहेकाले आफ्नो धर्म, संस्कार, संस्कृति भुल्न नहुने उनको भनाइ छ ।


उपाध्यायले आश्रम अनुशासित देखेर हर्षित भएको सुनाए । पूर्व कर्मचारी सेवा परिषद्, कास्कीको आयोजना तथा पोखरा चिसाखोला वेद विद्याश्रमको सहआयोजनामा भएको कार्यक्रमको अध्यक्षता सभापति परिषद्का अध्यक्ष नरहरि बरालले गरेका थिए ।

Advertisement

प्राडा जगन्नाथ रेग्मीले कृतिको समीक्षा, सह प्राडा भोलानारायण रेग्मीले कृतिको परिचर्चा गरेका थिए । समारोहमा सहप्रा कपिलदेव भट्टराई र विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया