गोल्डेन नेचर स्कुलमा गायन प्रतियोगिता

समाधान संवाददाता २०८० फागुन २ गते १६:०७

पोखरा ।

पोखरा ३० खुदी ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले कक्षा ४ देखि ६ सम्म अध्ययनरत विद्यार्थीबिच एकल गायन प्रतियोगिता आयोजना गरेको छ ।


प्रतियोगितामा खुसी पाइजा प्रथम, सफल तिवारी द्वितीय, समीप कँडेल र दामोदर पौडेल तृतीय स्थान बने । इश्मित न्यौपाने र रिहाना कँडेलले सान्त्वना बने । शिक्षकद्वय देवीमाया पोख्रेल र रञ्जिता थापाको संयोजनमा कार्यक्रम भएको हो ।

Advertisement

विद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटन साथै सांगीतिक क्षेत्रमा विद्यार्थीको क्षमता र रुचि बढाउन कार्यक्रम गरिएको प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया