जोमसोममा ५ फरार प्रतिवादी पक्राउ

सुन्दरकुमार थकाली २०८० फागुन १० गते १३:२८

जोमसोम ।
पशुपन्छी कसूर अपराधमा फरार रहेका ५ प्रतिवादीलाई सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक देवबहादुर थापाको कमान्डमा खटिएको टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोमबाट उनीहरुलाई पक्राउ गरेको हो ।


धवलागिरी गाउँपालिका ६ म्याग्दीका २५ वर्षीय अमृत भन्ने शेरबहादुर सुनार, २३ वर्षीय रामबहादुर सुनार, धौलागिरी गाउँपालिका २ की ३९ वर्षीया ओमदेवी विक, मालिका गाउँपालिका ४ म्याग्दीका हर्कबहादुर सुनार र धौलागिरी गाउँपालिका ६ का ३८ वर्षीय लालबहादुर पक्राउ परेको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।


पाँचै जनालाई जिल्ला अदालत मुस्ताङमा पेश गरिएको छ । अदालतबाट उनीहरुलाई कारागार पठाउने आदेश भएको प्रहरी नायब उपरीक्षक पाण्डेले उल्लेख गरे । उनीहरुविरुद्ध १ महिनादेखि ३ महिनासम्म कैद र जरिवाना असुल्न बाँकी छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया