‘दालभातको स्वाद कुनै परिकारले बिर्साउन्न’

समाधान संवाददाता २०८० फागुन ११ गते १२:४६

पोखरा ।
रोहिणीले हालसालै ‘द नेपाल कुकबुक’ पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारको पाक कला समावेश छ । रोहिणीको यो दोस्रो पुस्तक हो ।


यस अगावै रोहिणीले अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ पुस्तक ल्याएकी थिइन् । पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो ।


१४० प्रकारका खानाका परिकारबारे पुस्तक लेख्ने उनलाई बाल्यकालमा भने पाककलाबारे कुनै ज्ञान थिएन । सोमबार पोखरामा सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा उनै लेखक रोहिणीसँगै पूर्व बैंकर अनिकेशरी शाह नेपाली परम्परागत स्वादबारे गफिए ।

Advertisement


अनिलसँगको गफमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेखेको राज खुलाइन् । भारतको आग्रामा जन्मिएकी रोहिणीको होटलमा हिन्दी, कन्टिनेन्टल लगायत कुकले खानाको परिकार पकाइरहेको देखेकी थिइन् । उनले पकाउने रुचि भएपनि सिक्ने कष्ट बाल्यकालमा कहिल्यै गरिनन् ।

हरेक भन्छामा पुगेर चम्चाचम्चा नापेर पुस्तक लेखेको उनले बताइन्

Advertisement


जब कलेजको पढाइ सकिने बेला भयो उनको बिहेको कुरा छिनियो त्यो पनि नेपालको राणा खानदानमा । खाना पकाउने लगायत घरधन्दा उनलाई नआउने भएकै कारण बिहे र इंगजमेन्टबीचको समय ८ महिना राखियो ।


‘बिहेको कुरा छिनिएपछि आमाले भन्नुभो यसले घरको कला, सीप केही पनि जानेको छैन । ८ महिना विहे र इंगेजमेन्टको बीचको पिरयडमा पाक कलामा ट्रेनिङ भयो । भाउजुले मलाई सिकाउने ड्युटी पाउनुभो । त्यतिबेला अलि अलि सिके’, रोहिणी फ्ल्यासब्याक सुनिइन् । गौरवशमशेर राणासँग बिहे भएर नेपाल आएपछि उनको खानाको अनुभव बडो रोमाञ्चक थियो ।


‘कसैले भने हुन्थ्यो नि हामी ब्रेकफास्ट खाँदैनौं । सिधैं साढे ९ बजे भुजा खान्छौं भनेर मानसिक रुपमा तयार हुन्थ्यो होला ! आर्मीको परिवार साढे ९ बजेर बोलाएर खाने कुरा टक्र्याइयो’, उनले भनिन्, ‘अण्डा, टोस्ट पर्खें । यत्रो यत्रो छाप्रीभरी भुजा, दाल, मासु, तरकारी, अचार हेर्दा खेरी त चकित भएँ !’


अहिले भने उनलाई संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन सक्दैन रे । राणा परिवारमा पाक्ने परिकारबारे उनलाई श्रीमानको घरको भान्छे चिनियाँ चम्पाले सिकाइन् । जो राणा खान्दानमा स्वादिलो खाना पकाउनमा प्रख्यात थिइन् । उनैसँगै सिकेपछि उनलाई पुस्तक लेख्ने योजना फुरेको हो ।


३५ वर्ष अगाडि नै उनले पुस्तक लेख्न थालेको बताइन् । ‘बच्चाहरु स्कुल जाने, कलेज जाने । यो भन्यो त्यो भने । किताब बसेको बस्यै भो । बच्चाहरुको विहेपछि लाग्यो अब किन किताब नलेख्ने’, उनले सुनाइन् ।


‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ मा सय परिकार आफ्नै घरको समावेश गरेकी उनले जानकारी दिइन् । राणा परिवारको परिकारबारे लेखिएको पुस्तक प्रकाशनको समय विश्वव्यापी कोराना भाइरसको संक्रमण फैलिइरहेको थियो । प्रकाशकले पुस्तकको बिक्री नभएको भन्दै तत्काल प्रकाशन गर्न मानेन् ।


१० महिना किताब छाप्न प्रतीक्षा गर्नुप¥यो उनले । जुन समय रोहिणीलाई लाग्छ जिन्दगीकै निराश समय थियो । उनले कोरोनाको बेला नै सोच्न थालिन्, ‘अब हिमाल, पहाड, तराईमा पाक्ने परिकारबारे किन नलेख्ने ?’ त्यसपछि रिसर्चमा लागेको उनले बताइन् । ‘धेरै अनुसन्धान गरे । एउटा एउटा थरको’, उनले भनिन् । ती परिकारबारे हरेक भन्छामा पुगेर चम्चाचम्चा नापेर पुस्तक लेखेको उनले बताइन् ।


उनले बेमौसमी तरकारीका उत्पादन बढ्दा अस्वस्थ्यकर खाना खानुपरेको उल्लेख गरिन् । जंकफुडका कारण पनि बालबालिका अस्वथ्य बन्दै गएको रोहिणीको भनाइ छ ।

तपाईको प्रतिक्रिया