जुनी जुनीलाई सार्वजनिक

समाधान संवाददाता २०८० फागुन ११ गते १३:२८

पोखरा ।

सुनिता थापाको नयाँ गीत र म्युजिक भिडिओ ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । महेन्द्र थापाकाे निमार्णमा बनेकाे गीतमा सुनिता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ ।

सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन् । पहिलो प्रयास बाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको बताइन् ।

Advertisement

म्युजिक भिडिओमा सुनिता र खिम लामिछाने काजीको अभिनय छ । गीतमा तारानाथ आचार्यकाे निर्देशन, लेखन र संगीत टेक नारायण चापागाईंकाे, एरेञ्ज राजेन्द्र बाराजुलीले गरेका छन् भने अनिस खड्काले छायांकन गरेका छन् । गीतमा लेकसाइड गौरीघाटमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका दृश्य समावेश छन् ।

Advertisement

तपाईको प्रतिक्रिया