संस्कृति जगेर्ना गर्न भजन चुड्का प्रतियोगिता

समाधान संवाददाता २०८० फागुन १३ गते १४:००

पोखरा ।
नेपाली मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीमा फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ ।


स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिए ।


संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताए ।

Advertisement


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।


प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल ५ लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको बताए । प्रतियोगितामा तीन लाख ७० हजार रुपैयाँ खर्च हुने र बचत रकम स्थानीय संस्कृति, रितिरिवाजको संरक्षण एवं सामाजिक काममा खर्च गरिने उनले जानकारी दिए ।

Advertisement


पत्रकार सम्मेलनमा उज्वल आमा समूहका उपाध्यक्ष शारदादेवी बराल, सचिव तारा शर्मा लगायतले लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको सहकार्यमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन लगायत विभिन्न सामाजिक काममा जोड दिइएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया