गण्डकीमा सत्ता संकट

माओवादीले समर्थन फिर्ता लिने, केन्द्रको निर्देशन पर्खदै

समाधान संवाददाता २०८० फागुन २२ गते ११:२२
कानुनमन्त्री चुमान पोखरा, ७ फागुन M राष्ट्रिय समाचार समितिको ५९औF jfर्षिक उत्सjमा आयोजित समृद्धि प्राप्तिमा सञ्चारको e"मिका विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रमdf आफ्नो भनाई राख्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमान । t:jL/ /flwsf sF8]n÷/f;;

पाेखरा ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्ना कोटाका मन्त्री बर्खास्त गरिदिएपछि नेकपा माओवादी केन्द्रले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीहरुलाई जानकारी समेत नदिई सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका थिए ।

Advertisement

हामीले समर्थन फिर्ता लिएकै थिएनाै, जानकारी समेत नदिई बर्खास्त मुख्यमन्त्रीले बर्खास्त गर्नु भएछ– माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले समाधानसँग भने । उनका अनुसार सरकारलाई दिएकाे समर्थन माओवादीले फिर्ता लिने तयारी गरेको छ ।

माथिको निर्देशन कुरेर बसेका छाै, निर्देशन आउनासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्छाै– चुमानले भने ।

Advertisement

तपाईको प्रतिक्रिया