एमाले कास्की अधिवेशन प्रतिनिधि छनोट स्थगित, ४ गते जिल्ला कमिटी बैठक

समाधान संवाददाता २०८० चैत २ गते २०:१६


पोखरा .
नेकपा एमाले कास्कीको अधिवेशनका प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि ४ गतेलाई जिल्ला कमिटीको बैठक आह्वान भएको छ । ३ गतेबाट गर्ने भनिएको प्रतिनिधि छनोट स्थगित गरी बैठक डाकिएको अध्यक्ष मनबहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।


पार्टी जिल्लाको पूर्ण बैठक चैत ४ गते विहान ११ बजे जिल्ला पार्टी कार्यालयमा बसी प्रतिनिधि छनोटको कार्यतालिका तय गरी पुन सर्कुलरमार्फत जानकारी गरिने व्यहोरा जानकारी गरिन्छ,’ अध्यक्ष गुरुङले भनेका छन्, ‘चैत १० र ११ गते आयोजना हुने नेकपा (एमाले) कास्की जिल्लाको एघारौं जिल्ला अधिवेशनको प्रतिनिधि छनोटको विषयलाई लिएर जिल्ला इन्चार्ज कमरेड थममाया थापासहितका केही पार्टी केन्द्रीय सदस्यहरु र केही जिल्ला पदाधिकारीहरु समेतको हस्ताक्षरसहित केन्द्रीय संगठन विभागमा दिनुभएको निवेदनका आधारमा, चैत २ गते केन्द्रीय संगठन विभागले दिएको निर्देशन अनुरुप गण्डकी प्रदेश कार्यालयको चैत २ गतेको निर्देशन अनुसार यही चैत ३ गते हुने प्रतिनिधि छनोटको कार्यतालिका स्थगन गरिएको छ ।’

के हो एमाले कास्कीको विवाद ? किन रोकियो प्रतिनिधि छनोट प्रक्रिया ?

Advertisement

तपाईको प्रतिक्रिया