बुद्ध विशाल बजारको रक्तदान

समाधान संवाददाता २०८० चैत ४ गते ११:००

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले १० औं पटक आयोजना गरेको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता एसोसिययसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरिन् ।


प्रदेश सभासद गुरूङले सबैभन्दा ठूलो दान रक्तदान आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिइन् । संस्थाका निर्वतमान अध्यक्ष केशवबहादुर खत्रीले यो वर्ष आफ्नो रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरिरहेको जनाए ।


संस्थाका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू, संस्थाका उपाध्यक्ष बुद्विबहादुर कुँवर, सचिव थमनसिह गुरूङ लगायतले बोलेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्न्द्र केसीको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया