फेदीखोला बाँगेका वडाध्यक्षको बाइक छोरालाई

समाधान संवाददाता २०८० चैत ९ गते ११:०१

पोखरा ।
बिहीबार बिहान ग१ब ५७८ नम्बरको सरकारी मोटरसाइकल कलेज पोशाकका किशोर हुइक्याउँदै थिए । किशोरले बारम्बार देब्रे साइडबाट ओभरटेक गर्दै अरुलाई गाली गर्दै थिए ।


यो मोटरसाइकल स्याङ्जाको पालिकाको स्वामित्वमा भएको खुलेको छ । यातायात व्यवस्था कार्यालय कास्की सवारीका अनुसार यो मोटरसाइकल साबिक बाँगेफड्के गाविसको नाममा ०७३ चैतमा दर्ता भएको छ ।


बाँगेफड्के अहिले फेदीखोला गाउँपालिका वडा नम्बर ५ मा पर्छ । वडाध्यक्ष दिलबहादुर गुरुङले छोरालाई सरकारी मोटरसाइकल दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया