मारिया मन्टेसरीमा दीक्षान्त

समाधान संवाददाता २०८० चैत १३ गते १३:११

पोखरा ।
पोखरा ७ मासबारमा रहेको मारिया मन्टेसरीले युकेजीमा अध्ययरत विद्यार्थीलाई दीक्षित गरेको छ । २६ जना विद्यार्थी दीक्षित भएका हुन् ।


पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले महिलाहरुलाई रोजगारी सिर्जना गर्न मन्टेसरीहरुले ठूलो भूमिका खेलेको बताए ।


पोखरा महानगरपालिकाका शिक्षा समितिका सदस्य दिनेश आचार्यले मारिया मन्टेसरीले यसै वर्षदेखि कक्षा २ सम्म अध्ययन गराउन अनुमति पाएको सुनाए ।

Advertisement


सञ्चारकर्मी मधु अधिकारीले अहिलकोे प्रविधिमय युगमा बालबच्चालाई अक्षर ज्ञानमा मात्र सीमित नगराई उनीहरुको सिर्जनशीलता र प्रतिभालाई ध्यानमा राखेर सोही अनुसारको शिक्षण सिकाइको आवश्यकता पर्ने विचार राखे ।


अभिभावक भोजराज तिवारीले संस्कार र संस्कृतिलाई ध्यानमा राखेर मन्टेश्वरीले बालबच्चालाई संस्कृत शिक्षा पनि दिदै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा अभिभावकको तर्फबाट मोहन विक, देवेन्द्र पाण्डे, मन्टेसरीका संरक्षक विष्णुहरि बराल लगायतले मन्तव्य राखे ।

Advertisement


विद्यार्थीले कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्यसहित संस्कृत श्लोक पनि प्रस्तुत गरे । मन्टेसरीका प्राचार्य मीना सापकोटा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यार्थीको तर्फबाट जेनिथ तिवारी, शिक्षिका करुण गुरुङ र सञ्चालन शिक्षिका चन्द्रादेवी गुरुङ र गंगा सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया