पाेखरा महानगरकाे घर नक्साकाे अभिलेख चोरी गर्ने २ जना पक्राउ

समाधान संवाददाता २०८० चैत १४ गते १५:३२

पोखरा ।

पोखरा महानगरपालिकाको स्टोर रुमको ताल्चा फाेडेर महानगरपालिकाकाे घर नक्साकाे अभिलेख चाेरी गरेकाे आराेपमा २ जना पक्राउ परेका छन् ।

पाेखरा बस्ने लम्जुङका २८ वर्षीय सुबिर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पक्राउ गरेकाे हाे ।

Advertisement

प्रहरीका अनुसार उनीहरुले गत १२ गते नँयाबजार स्थित हाल शहरी स्वास्थ्य प्रवर्दन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडी चाेरी गरेका थिए । उनीहरुकाे साथबाट ३९ थान कागजातहरु बरामद भएकाे छ । चोरी सम्बन्धी कसूरमा कास्की जिल्ला अदालत कास्कीबाट दिन पाँच दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया