पर्यटन बोर्डमा कास्कीका २ जना सिफारिस

समाधान संवाददाता २०८० चैत १५ गते ११:५८

पोखरा ।
नेपाल पर्यटन बोर्डको रिक्त सदस्य पदका लागि कास्कीका २ जनाको नाम सिफारिस भएको छ । सदस्य सिफारिस समितिले मंगलबार ऋषिराम भण्डारी र अम्मर गुरुङको नाम सिफारिस गरेको हो ।


गत २३ माघदेखि बोर्डमा तीन जना बोर्ड सदस्यको पद रिक्त छ । ठाकुरराज पाण्डेको संयोजकत्वमा पम्फा धमला पौडेल र अम्बिर गुरुङ सदस्य रहेको सिफारिस समितिले पर्यटमन्त्री हितबहादुर तामाङसमक्ष भण्डारी, गुरुङ सहित रामप्रसाद सापकोटा ‘कमल’ (धादिङ), राजेन्द्र लामा (काभ्रे) र अभिषेकविक्रम शाह (रुकुम) गरि पाँच जनाको नाम सिफारिस गरेको छ ।


अब मन्त्रिपरिषद्ले यी पाँच जनामध्येबाट तीन जनालाई बोर्ड सदस्यमा नियुक्त गर्नेछ । सिफारिस भएका यी पाँचै जना नेकपा माओवादी केन्द्रनिकट हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया