नयाँ वर्षमा नयाँ नाटक

समाधान संवाददाता २०८० चैत २२ गते १२:०७

पोखरा ।
रेनसाँ थिएटरको प्रस्तुतिमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षदेखि देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धुव्र पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरी मञ्चन गरिनेछ ।


स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भइरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न,’ उनले भने ।


पोखराको गैरापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिबार तथा सार्वजनिक बिदाका दिनमा २ सो तथा अन्य दिन १ सो देखाइने रेनाँसा थिएटरका संस्थापक एमडी काफ्लेले जानकारी दिए ।

Advertisement


नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभुप्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शीतला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।


यो नाटकबाट दर्शकले नयाँ स्वाद प्राप्त गर्ने थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटक मञ्चन भए, दर्शकले मन पराउनुभएको छ,’ निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुति दिन खोजेका छौं ।’ मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माण भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया