डुंगा चालकको मापसे जाँच, एक जना कारवाहीमा

समाधान संवाददाता २०८१ वैशाख ३ गते १५:३३

पोखरा ।
कास्की प्रहरीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवा तालका डुंगा व्यवसायी, चालकबीच सोमबार अन्तक्र्रिया भएको छ । कार्यक्रममा पोखरा ६ फेवातालका डुंगा चालकको सोमबार मादक पदार्थ सेवन परिक्षण गरिएको थियो ।


२५ जनाको परिक्षण गरिएकोमा एक जनाले सेवन गरेको पाइएपछि उनलाई आवश्यक कारवाहीको लागी डुंगा व्यवसायी संघमा पठाइएको कास्की प्रहरीले बताएको छ ।


मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाइफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुंगा दुर्घटनामा अपनाउनुपर्ने सावधानीका उपाय, मादक पदार्थ सेवन गरी डुंगा चलाउन नहुने विषयमा अन्तक्र्रिया गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

Advertisement


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ, स्थानीय, आन्तरिक पर्यटक लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण प्रबनानि होतबहादुर रोकाहाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया