बेगनास कपमा क्वाटरफाइनलका खेल

लेखनाथ । बेगनास युवा क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटर फाइनल चरणका खेल सकिएका छन् । मंगलबार भएका ४ खेलबाट जित हाँसिल गर्दै मिक्की एफसी, एनके क्लब, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाइनल यात्रा तय गरेका हुन् ।
मिक्की एफसी र आयोजक बेगनास युवा क्लब ‘पँहेलो’ बिच भएको पहिलो खेलमा मिक्की एफसीले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४–० गोलको अन्तरले पराजित गरेको छ । मंगलबार भएको दोस्रो खेलमा एनके क्लबले हिमाल एन्ड रक्षा मेमोरियल एसोसिएसनलाई १–० ले हरायो ।
मत्स्य व्यवसायी समितिले एनडी कसमस जापानलाई ३–२ को अन्तरले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । मंगलबार भएको क्वार्टर फाइनल चरणको अन्तिम खेलमा विनोद मेमोरियलले आयोजक बेगनास क्लब नीलोलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलका लागि स्थान पक्का गरेको हो ।
खेलको निर्धारित समयमा १–१ को बराबरीपछि ट्राइब्रेकरको आधारमा नतिजा निकालिएको हो । निकै तनावपूर्ण रुपमा भएको प्रतिष्पर्धामा विनोद मेमोरियलका राहुल गुरुङ र अमृत कुँवर र बेगनास नीलोका अजय पाठक रेड कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
बुधबार हुने सेमिफाइनलमा पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोस्रो खेलमा एनके क्लब र मत्स्य व्यवसायी समितिबिच प्रतिष्पर्धा हुनेछ ।







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया