पोखरामा एनभिए कप भलिबल सुरु, पहिलो दिन ६ खेल

समाधान संवाददाता २०८२ जेठ ८ गते २१:४४

पोखरा । नवौं प्रधानमन्त्री (पिएम) कप एनभिए भलिबल लिग बिहीबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएकोे छ । प्रतियोगिता नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन महिलातर्फ २ र पुरुषतर्फ ४ गरी ६ खेल भएका छन् । जसमा महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपिएफ तथा पुरुषतर्फ एपिएफ, गण्डकी प्रदेश, हेल्प नेपाल स्पोटर््स क्लब र नेपाल पुलिस क्लब एपिएफ विजयी भए ।
महिलातर्फको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले २५–१०, २५–१० र २५–१५ को सहज जित निकालेको हो । महिलातर्फकै दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मीलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २२–२५ ले गुमाएको एभरेस्टले त्यसपछि लगातार २५–१९, २५–१७ र २५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको टोलीमा ३ थाइल्यान्डका खेलाडी छन् ।
तेस्रो खेल तथा पुरुषतर्फ पहिलो खेलमा एपिएफ क्लबले सुदूर पश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २५— १९, दोस्रो सेट र तेस्रो सेट समान २५—१६ ले आफ्नो पक्षमा पा¥यो ।
चौथो खेलमा पुरुषतर्फ पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित ग¥यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीमाथि जित निकाल्न सफल भएको हो ।
पाँचौं खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । हेल्प नेपालले आर्मीलाई ३—० को सोझो सेटमा पराजित ग¥यो । पहिलो सेटमा ३०–२८ को प्रतिस्पर्धात्मक जित निकालेको हेल्प नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित निकाल्यो । हेल्प नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो ।
पहिलो दिनको अन्तिम खेल मणिमुकुन्द भलिबल क्बललाई नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले २९–२७, २५–२० र २५–२३ को सेटमा खेल आफ्नो पोल्टामा पारेको हो ।
१५ गतेसम्म चल्ने प्रतियोगितामा दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले आगामी बजेट खेलकुदको पूर्वाधार विकास र युवाको स्वरोजगारमा केन्द्रित हुने बताए । पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाली राष्ट्रिय खेल भलिबलको लिग प्रतियोगिता पोखरामा हुनु पोखरेलीका लागि गौरवको विषय रहेको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पोखरा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम रहेको जनाउँदै काभा च्याम्पियनसिप पोखरामा गर्ने गरी संघले तयारी गर्ने जनाए । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । राउन्ड रोबिन लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया