मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्य शिविर
समाधान संवाददाता
२०८२ कार्तिक १२ गते १२:२६

पोखरा ।
मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ ।
बुधबार बिहानदेखि पर्यटकहरुको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधी वितरण गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्म मुस्ताङले १ सय ५० जनाको अक्सिजन लेभल चेक र १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ ।
त्यस क्षेत्रमा हिमपात भएको र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरुको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको छ ।
सम्बन्धित





ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया