शनिबारदेखि दूधको भाउ ६ रुपैयाँ बढ्ने
समाधान संवाददाता
२०७६ भदौ २० गते १३:१३

समाधान संवाददाता, पोखरा
सरकारले शनिबारदेखि लागु हुनेगरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरिसकेको छ ।
बढेको मूल्यअनुसार कृषकले ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा र दुग्ध व्यवसायीले ३१ प्रतिशत अर्थात् १ रुपैयाँ ८४ पैसा पाउनेछन् । यसअघि दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गठित कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र बढी उत्पादन हुने मौसममा प्रतिलिटर ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
अहिले दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ छ । नेपाल डेरी एसोसिएसन महासचिव प्रह्लाद दाहालका अनुसार मूल्य बढेपछि उपभोक्ताले प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्नेेछ ।
सम्बन्धित







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया