ओली र मोदीले मंगलबार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै

समाधान संवाददाता, काठमाडाैं
मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ । मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिए ।
उनका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् भने अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन् ।
कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको प्रमुख यादबले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ ।
दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ । पछि विस्तारै देशभर फैलाइने छ ।
अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन् । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन् ।
ती ट्याङ्कीमा तेल भरेर राखिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ ।
मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने यादवले जानकारी दिए ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको हो । नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७।२५ किलोमिटर पर्दछ । मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ ।
परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया