स्यामसङ गल्लीमा पालमोस कोटर सञ्चालनमा

समाधान संवाददाता २०७६ असोज १५ गते १४:१२

समाधान संवाददाता, पोखरा

स्यामसङ गल्लीमा पालमोस कोटर सञ्चालनमा आएको छ । महिला उद्यमी अनुरुप्ता शाह र श्रीया केसीले संयुक्त लगानीमा पालमोस सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा करिब २ वर्षअघि सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा पालमोसको रुपमा पहिलोपटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहले जानकारी दिइन् ।

महिला तथा युवतीलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको पालमोसमा विषेशत रेडिमेड वयर सारी, कुर्ता, टप्स, लेहेंगा तथा कल्चर अनुसार सबै प्रकारका सामान उपलब्ध रहेको सञ्चालक शाहले जानकारी दिइन् । पोखराको बजार र मार्केट सुहाउँदो रुपमा आफूहरुले व्यवसाय सुरु गरेको शाहले बताइन् । पालमोसमा दसैं र तिहारलाई मध्यनजर गर्दै ओपनिङ सिजनमा २० प्रतिशत छुट रहेको सञ्चालकमध्येकी श्रीया केसीले जानकारी दिइन् ।

Advertisement

सबै खालका वर्गलाई सुहाउँदो र मेलखाने गरी आफूहरुले पालमोस पोखरामा सञ्चालनमा ल्याएको शाहले बताइन् । पछिल्लो समय महिला तथा युवतीमा बढ्दो माग र फस्टाउदो व्यवसायलाई आफूले सञ्चालनमा ल्याएको बताइन् । पोखराको मार्केट अनुसार पालमोसमार्फत ग्राहकलाई सेवा दिने सञ्चालक शाह बताउँछिन् ।

Advertisement

तपाईको प्रतिक्रिया