गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखालाई

पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो ।
उपाधिसँगै गोरखाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र हात पा¥यो । कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हाँसिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार ३ सय ३३ र तेस्रो हुने पर्वतले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे । बागलुङ र स्याङ्जा सान्त्वना बने । उनीहरुले समान ११ हजार १ सय ११ हजार रुपैयाँ पाए ।
प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लाले सहभागिता जनाएका थिए । म्याग्दी, तनहुँ र नवलपुरका सहभागी नृत्य र भेषभूषातर्फ उत्कृष्ट बने । उनीहरुले सारी पुरस्कार पाए । पुरस्कृतलाई गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ र पब्लिक टेलिभिजनका अध्यक्ष सविन भट्टले नगद र प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा टेलिभिजनले पोखरा महानगरपालिका १६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजारसहित सम्मान गरेको छ । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, सुशीला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारको प्रस्तुति रह्यो ।
कार्यक्रममा गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री श्रेष्ठले प्रदेश समुन्नत बनाउने आधार कृषि भएकाले कृषिलाई पर्यटकसँग जोड्न सकिएमात्रै प्रदेश समुन्नत हुने बताइन् । गीतमा समावेश भएका विषयवस्तु सचेतना फैलाउने खालेको भएको जिसीले उल्लेख गरिन् । आगामी दिनमा सचेतना फैलाउने र महिला शसक्तिकरणको कार्यक्रम अघि बढाउने उनले प्रतिवद्धता जनाइन् ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया