तनहुँमा माइक्रो दुर्घटना: १४ जना घाइते, विद्युत् प्राधिकरणको गाडीमा पनि क्षति

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दुर्घटनामा नेपाल विद्युत् प्राधिकरणको रोकिराखेको गाडीमा समेत क्षति पुगेको छ ।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस क्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग पनि ठोक्किएको थियो ।
घाइते हुनेहरूमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् । बाँकी घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।






ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया