काेराेना काेषमा सिर्जना विकासकाे सहयाेग

समाधान संवाददाता २०७६ चैत २७ गते १५:५२



पाेखरा

विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेरना भाईरस काे उपचार तथा राेगथामकाे लागि सृजना विकास केन्द्र पाेखराले ले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस, (कोभिड—१९)को नियन्त्रण तथा उपचार कोषमा नगद रु १ लाख ५१ हजार १ सय ११ रुपैया सहयाेग प्रदान गरेकाे छ ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साे रकम बराबरकाे चेक संस्थाका अध्यक्ष मिनप्रसाद भट्टराईले हस्तान्तरण गरेका छन् ।२०३७ सालमा स्थापना भएकाे संस्थाले विभिन्न किसिमका सामाजिक क्रियाकलाप गर्दै आईरहेकाे छ ।

शिक्षा, स्वास्थ्य,खेलकुदलाई मुख्य प्राथमिकता दिएकाे संस्थाका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पाैडेलले जानकारी गराए । कार्यक्रममा संस्थाका सल्लाहकार साेमनाथ बराल महासचिव राधिका रेग्मी काेषाध्यक्ष कमला गिरीकाे सहभागिता रहेकाे थियाे ।

Advertisement

मुख्यमन्त्री गुरुङले विपदलाई व्यवस्थापन गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा साे संस्था प्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे ।

सरकारले काेराेना भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट पनि सहयाेग रकम जम्मा भैरहेकाे छ ।



तपाईको प्रतिक्रिया