काेराेना संक्रमित बढेकाे बढ्यै, राैतहट र कैलालीमा थपिए संक्रमित

समाधान संवाददाता २०७७ वैशाख १ गते १६:२५

पाेखरा

कैलालीकाे लम्की चुहाकी ६५ वर्षे महिला र राैतहटका १९ वर्षे युवामा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा १४ जनामा काेराेना भेटिएकाे छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले क्वारेन्टाइनमा रहेका दुवैजनाको नतिजा पोजेटिभ देखिएको बताए ।

Advertisement

उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम थालिसकिएको जानकारी उनले गराए ।

कोरोना संक्रमणकाे आशंकामा सोमबारसम्म मुलुकभर १० हजार ८ सय नमुना परीक्षण गरिएको छ । हाल ५२ जिल्लामा र्‍यापिड टेस्टको काम सुरु भइसकेको र यो विधिबाट हालसम्म ५ हजार २ सय ९१ जनाको परीक्षण भएको छ ।

Advertisement

पिसिआर प्रविधिबाट ४ हजार ४ सय ३२ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल राजधानी र बाहिर गरी १३ ठाउँबाट धमाधम नमुना परीक्षण गरिएको र दायरा पनि बढाइएको देवकोटाले जानकारी गराए ।

र्‍यापिड टेस्टका लागि सबै प्रदेशमा ५ हजारका दरले किट पठाइएकाे र क्वारेन्टाइनमा राखिएका सबैकाे परीक्षण गर्ने लक्ष्य राखिएकाे डा देवकाेटाले जानकारी दिए ।


र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सबै नमुना राष्ट्रिय प्रयाेगशालामा पुन परीक्षण गरिने मन्त्रालयले जनाएकाे छ ।

सोमबारसम्म मुलुकभर ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा राखिएकाे छ भने १ सय ३ जनालाई आइसाेलेसनमा राखिएकाे छ ।

तपाईको प्रतिक्रिया