थपिए ४३४ संक्रमित, नेपालभर ११ हजार नाघ्यो

समाधान संवाददाता २०७७ असार ११ गते १८:०८

नेपालमा बिहीबार कोरोना भाइरसका संक्रमित ४३४ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

Advertisement

संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया