पोखराका २८ वर्षे संक्रमित इन्डियन आर्मी, छुट्टीमा आएका थिए

समाधान संवाददाता २०७७ भदौ १० गते १४:०६
फाइट तस्बिर

समाधान संवाददाता, पोखरा

कोरोना पुष्टि भएका पोखराका युवक भारतबाट आएको खुलेको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बुधबार पोखरा १७ का २८ वर्षे युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी ९ दिन पहिले भारतबाट आएर होटल क्वारेन्टाइनमा बसेका छन् । ‘भारतीय सेनामा कार्यरत हुनुहुँदो रहेछ । छुट्टीमा आएर अहिले होटल क्वारेन्टाइनमा बस्नुभएको छ,’ महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।

Advertisement

संक्रमितको स्थायी घर स्याङ्जा हो । ती युवकको गत सोमबार स्वाब लिइएको थियो । पोखरामा आज अरु २ जनामा कोरोना पुष्टि भएको छ । पोखरा रानीपौवास्थित साई अर्चना हस्पिटलका सुरक्षा गार्डमा पनि कोरोना पुष्टि भएको छ । ४६ वर्षे उनको कुनै ट्राभल हिस्ट्री छैन ।

पोखरा १४ का ५८ वर्षे पुरुषमा पनि बुधबार कोरोना पुष्टि भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

योसहित पोखरामा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । तीमध्ये १ सय ६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा संक्रमित १९ सय ५२ पुगेका छन् । तीमध्ये तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया