लाइसेन्सको फारम पुस १४ देखि खुल्ने
समाधान संवाददाता
२०७७ पुष १० गते १७:३५
काठमाडौं
यातायात व्यवस्था विभागले आगामी पुस १४ गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।
विभागले आज सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको हो ।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो।
१० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागिएको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया