बाँध मर्मत सकिएपछि फेवातालमा पानी भर्न सुरु, भरिन एक महिना लाग्ने

समाधान संवाददाता, पोखरा
फेवातालको अहिले बाँध मर्मत सकिसँगै तालमा पानी भर्न सुरु गरिएको छ । गत शुक्रबारदेखि पानी भर्न सुरु गरिएको हो ।
बाह्य स्रोतबाट नभई फेवातालको मुहान हर्पन खोला र आकासे पानी नै अहिले तालको सतह पुरानै अवस्थामा फर्काउन प्रयोग गरिएको कार्यालय प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए । ताललाई पुरानै स्वरुपमा फर्काउन १ दशमलव ४५ मिटर पानी भर्नुपर्ने हुन्छ ।
पछिल्लो ५ दिनमा ० दशमलव ५ मिटर पानी भरिएको र अबको २२ दिनदेखि १ महिनामा ताल पुरानै अवस्थामा फर्किने इन्जिनियर आचार्यले बताए ।
फेवातालबाट गत २४ माघमा करिब ६ करोड लिटर पानी बगाइएको थियो । ‘पानीको सतह बढ्न सुरु भइसकेको छ । पछिल्लो ३/४ दिन पानी प¥यो । खास १५ दिनमा ० दशमलव ५ मिटर पानी बढ्नुपर्ने हो,’ उनले भने, ‘पानी परेकाले ३/४ दिनमै ० दशमलव ५ मिटर भयो । अब २२ दिनदेखि १ महिनामा पुरानै अवस्थामा फर्किन्छ ।’
२०३४ सालमा बाँधिएको बाँध पहिलोपटक ठूलो खर्चमा मर्मत गरिएको हो । तालको बाँध र सिँचाइ नहर मर्मत गर्न २ करोड रुपैयाँमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । बाँधको सामान्य मर्मत भने आवश्यकता अनुसार वर्षेनी भइरहन्छ ।
फेवातालको आकार बढाउन पहिलोपटक २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसपछि हाल प्रयोगमा रहेको बाँध बनाइएको हो । अब २५ वर्षसम्मलाई ठूलो खालको मर्मत गर्नु नपर्ने इन्जिनियर आचार्यले बताए । ‘रेगुलर मर्मतचाहिँ २ देखि ५ वर्षमा गरिराख्नुपर्छ । पिरियोडिक मर्मत १० देखि २५ वर्षमा गर्दा हुन्छ,’ उनले भने ।









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया