महायज्ञमा एकैदिन १० लाख संकलन

कृष्ण न्यौपाने
तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित श्रीमद्भागवत धनधान्याचल ज्ञानमहायज्ञमा एकैदिन १० लाख भन्दा बढी दान संकलन भएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रकम संकलन गर्ने उद्देश्यले आयोजित महायज्ञको तेस्रो दिन सोमबार १० लाख २६ हजार २ सय ६९ रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।
महायज्ञका प्रचारप्रसार संयोजक विकास खनालका अनुसार सोमबार सबैभन्दा बढी स्थानीय विनोददत्त खनाल तथा कमला खनालले १ लाख ८२ हजार ८ सय १८ र मुक्तिनाथ खनाल तथा रेणुका खनालले १ लाख ८२ हजार ८ सय १८ दान गरेका छन् ।
त्यस्तै इन्द्रप्रसाद खनाल तथा विष्णु अधिकारी खनालले १ लाख ११ हजार १ सय ५५, म्याग्दे गाउँपालिका १ का वडा सदस्य विनोद खनालले पारिश्रमिक बापतको ५१ हजार १ सय ५, सुमित्रा खनालले ७५ हजार ५ सय २५, गोपीबहादुर आलेले ५१ हजार ५ सय, रामशरण बास्तोलाले ५१ हजार ३, सैनिक टोल आमा समूहले ५१ हजार ५१, युबहादुर थापाले ५१ हजार १ सय ११, पुष्पाञ्जली आमा समूहले ३० हजार १ सय १, टाक्राङ बाबा मगर गुठ समूहले २५ हजार, सयपत्री आमा समूहले २१ हजार १ सय ५ दान गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मनकामना आमा समूहले १५ हजार ५ सय १५, समादीपाखा सामुदायिक वनले १५ हजार १ सय ५, सिन्धु आमा समूहले ११ हजार १ सय ११, दीलबहादुर आलेले ११ हजार १ सय १, रामबहादुर परियारले ११ हजार ५५, खोपबहादुर विकले ११ हजार १ सय ११, सुकबल परियारले ७ हजार ५ सय ७, पोसेली सामुदायिक वनले १० हजार ५ सय ५, सुचनबहादुर परियारले ७ हजार ५ सय, जलदेवी आमा समूहले ७ हजार २ सय २७ दान गरेका छन् । महायज्ञको दोस्रो दिन आइतबारसम्म ५ लाख भन्दा बढी दान संकलन भएको मूल समारोह समितिका संयोजक एवं विद्यालयका अध्यक्ष विजयराज खनालले बताए ।
फागुन १९ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब ३ करोड दान संकलन गर्ने आयोजकको लक्ष्य छ । महायज्ञमा बालयोगेश्वर महाराजले कथावाचन गरिरहेका छन् । महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयका अध्यक्ष खनालले जानकारी दिए । खनालले भने, ‘यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्य ठाउँ जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत् आर्थिक संकलन गर्न लागेका हौं ।’







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया