लुम्बिनी प्रदेशका एमाले सांसद क्षेत्रीले राजीनामा दिए

समाधान संवाददाता २०७८ वैशाख २२ गते १८:३७

रासस, रुपन्देही ।

लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ ।

डाँगी दाङ २ (ख)मा नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो ।

Advertisement

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया