माधव पक्षकाे निर्णयः राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

समाधान संवाददाता २०७८ वैशाख २७ गते ११:१९

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेकाे माधव नेपाल पक्षीय सांसदले तत्काल राजीनामा नगर्ने भएका छन् । तर उनीहरु सदनमा अनुपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा विश्वासकाे मत हाल्नका लागि संसदीय दलले ह्वीप जारी गरेकाे भएपनि साे ह्वीप नमान्ने तर सांसदबाट राजीनामा नदिने निर्णय नेपाल पक्षीय नेताहरुले गरेका छन् ।

Advertisement

अहिले भर्खरै सम्पन्न माधव पक्षीय नेताहरुकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया