नेता खनाल डिस्चार्ज

समाधान संवाददाता २०७८ वैशाख २८ गते १८:२४

रासस, काठमाण्डाैं ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई डिस्चार्ज हुनुभएको हो । उ

हाँ यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज हुनुभएको जानकारी दिनुभयो ।

Advertisement

सङ्क्रमण भएपछि उहाँलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।

Advertisement

तपाईको प्रतिक्रिया