‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउँदै मोडल आकांक्षा

‘मिस ग्रेस पोखरा २०२१’ को उपाधि विजेता आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउन तयारी सुरु गरेकी छिन् । पोखरामा रहेर मोडलिङ गर्दै आएकी आकांक्षाले मलेसियामा आगामी फेब्रुअरीमा हुने ‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको बताइन । मिस ग्रेस पोखराको विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकोले आफूलाई यो अवसर प्राप्त भएको उनले जानकारी गराईन ।
टियरा मेनेजमेन्टको आयोजनामा ३५ देशका प्रतिष्पर्धीकाे सहभागिता रहने सो इभेन्टमा आफुले नेपाललाई चिनाउने राम्रो मौका भएको पनि बताइन । सहभागिताको उपाधि जित्नको लागि फाइनल स्पिच, प्रश्न उत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभिउ मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नुपर्ने आकांक्षाले बताइन । यसको लागि आफुले आजैबाट तयारी थालेको उनले जानाकारी गराईन।
यस्तै उनले हालै सम्पन्न भएको नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ कार्यक्रममा वेष्ट पेजेन्ट अवार्ड जितेकी थिइन् । पोखराको जनप्रिय क्याम्पसबाट प्लस टु उत्रिर्ण भएकी उनि अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतीलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने हो’ उनले भनिन् । भोलिको दिनमा मोडलिङबाट नै आफु अघि बढ्ने उनको भनाई छ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया