सीप नसिकी विदेशिँदा सास्ती

नारायण ढुंगाना
नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् ।
आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा १ दशमलव ५ प्रतिशतमात्रै दक्ष छन् । २४ प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् ।
उनले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु ७५५ अर्ब छ करोड पुगेको थियो । पछिल्लो छ महीनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु ४४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा वार्षिक ५ लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्यांक छ । नेपालबाट १ सय १० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १ सय ६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रूपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ ।
कोरियाबाट थोरै रेमिट्यान्स
सरकारी तथ्याङकलाई आधार मान्दा १ नेपालीले कारियाबाट औषत १ लाख ७० हजार कमाउँछन् । त्यसलाई आधार मान्दा ६३ अर्ब आउनुपर्नेमा गतवर्ष १७ अर्बमात्रै भित्रिएको छ । कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशतमात्रै विप्रेशण हो ।
४० हजार कामदार हिसाब गर्दा यो वर्ष करीब ८२ अर्ब भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुङगानाले बताए । तर ६ महीनाको अवधिका जम्मा १६ करोड डलरमात्रै भित्रिएको छ । यो वर्ष बढेर ३६ अर्ब आउने अनुमान छ ।
यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ । यसलाई १०० प्रतिशतमा पुर्याउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ । कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ । केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका २ देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको १ हजार ४ डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए ।
उनले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गरे । कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा ३ हजार नेपाली जोडिएको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया