नोट फोहाेर हुँदा एटिएम सुस्त

समाधान
एटिएम (अटोमेटेड टेलर मेसिन) सहज र सरल बैंकिङ माध्यम हो । एटिएम आधुनिक जीवनशैलीको माध्यम पनि हो । एटिएमले बैंकिङ सेवामा नयाँ आयाम मात्रै थपिदिएको छैन, मानिसका जिउने तरिकामा समेत परिवर्तन ल्याइदिएको छ । तर, पर्वत जिल्लाभरी नै रहेका ३४ वटा बैंकमध्ये १२ वटा बैंकमा एटिएम सेवा छ । तर, सेवाको नामका मात्रै हुँदा उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।
बैंकमा सफा नोट अभाव हुँदा एटिएम २४ सैं घण्टा चल्न नसक्दा सेवामा समस्या भएको शाखा बैंकका प्रमुखहरुको भनाइ छ । पुराना नोटले एटिएम खाताको प्रमाण अर्थात सन्सेरमा समस्या हुँदा प्रभावकारी चल्न सकेका छैनन् । यहाँ शाखासहित ‘क’ वर्गका ११ वटा र ‘ख’ वर्गका ७ वटा बैक छन् । सेवाग्राहीलाई सेवा दिन बिहान ९ बजे खुल्ने बैंक साँझ ५ बजे बन्द हुन्छन् । शनिबार र साार्वजनिक बिदाका २४ सै घण्टा सहजता प्रदान गर्न बैंकले एटिएम सेवा सुरु गरेका हुन् । हाल एटिएमले सेवाग्राहीलाई सरल रुपको सेवा दिन नसक्दा गुनासो बढिरहेको छन् । सेवाग्राही माधव पौडेलले आवश्यक पर्दा पैसा नपाएउदा एटिएम नामका मात्रै भएको बताउँछन् ।
बैंकर्स क्लबका अध्यक्ष गोविन्द आचार्यले यो अवस्थालाई स्वीकार्दै सडक निमार्ण कार्यका कारण नियमित इन्टरनेट नहुँदा यस्तो समस्या आएको बताए । भने, ‘उनले बैंकमा नयाँ (फ्रेस ) नोटको अभाव हुँदा एटिएमको सेवा प्रभावकारी हुन नसकेको हो ।’







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया