पछिल्लाे २४ घण्टामा १२७१ सङ्क्रमित, १४ को निधन

समाधान संवाददाता २०७८ भदौ २४ गते १८:३३

काठमाडाैं, रासस ।

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन् । भई आज एक हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।

Advertisement

अहिलेसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत रहेको छ । सङ्क्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म १० हजार ९०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement

नेपालमा आज ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन ।

तपाईको प्रतिक्रिया