पुनर्मिलन

परिवार भेट्न जाँदै छौं फर्की रमाइलो गावैमा

सञ्जय रानाभाट २०७८ असोज ३ गते ११:५६

परिवारबाट विछोडिएका कृष्ण परियार र मिक्लेस सदा, गन्ने रोका र निर्मला मानवलाई मानव सेवा आश्रमले पारिवारिक पुनर्मिलनका लागि घर पठाइएको छ ।

पोखरा- मानिस बाँच्ने सहारा के हो ? उसलाई यो पृथ्वीमा बाँच्न कसको आवश्यकता पर्छ । के मान्छे एक्लै खुसी हुन्छ ? यी सबै प्रश्नहरुको उत्तर खोज्न परिवारसँग विछोडिएका बेदनाहरुलाई सुन्नपर्छ । भेट्नुपर्छ । खोटाङ दिक्तेलका कृष्ण परियारलाई आजभोलि परिवारको यादले निकै सताएको छ । भन्छन्, ‘आमाको याद साह्रै आयो ।’ काम गर्न खोटाङबाट पोखरा आएका परियार अहिले हेमजामा रहेको मानवसेवा आश्रममा छन् । उनलाई १ महिना पहिले पोखराको उत्तम चोकबाट प्रहरीले सडकमा व्यवारिस अवस्थामा उद्धार गरी आश्रम पु¥याएको थियो ।


गाउँका दाइले जागिर लागाइदिन्छु भनेपछि पोखरा आएका थिए कृष्ण । एअरपोर्टमा इँट्टा बोक्ने काम गरे । दिनभर काम गरेको उनले सुनाए । बिचमा के भयो उनलाई केही थाह छैन । प्रहरीले उनलाई सडक व्यवारस भेटेपछि आश्रम पु¥याएको उनले पछिमात्रै थाहा पाएका हुन् । आश्रममा पुग्दा उनको मानसिक अवस्था ठिक नभएको हेम्जा आश्रमका सहसंयोजक सदीश पुन बताउँछन् । पुन भन्छन्, ‘सुरुमा आउँदा नामसमेत भन्न सक्नुभएन । नाम सोध्दा बोली फेरिरहनुहन्थ्यो,’ पुनले भने । पुनका अनुसार आश्रममा डाक्टरको निगरानीपछि उनको स्वास्थ्य अवस्था धेरै अहिले ठिक भएको छ । उनले आजभोलि परिवारलाई खोजिरहेका छन् । घरमा जान र घरपरिवारसँग भेटाइदिन आश्रममा बाबुआमाको नामसहित ठेगाना टिपाएर अनुरोध गरेका हुन् ।


भदौ २९ मा आश्रमले परियारसहित प्रदेश १ घर बताएका ४ जनालाई पुनर्मिलन गर्न लाने कार्यक्रम थियो । यस कार्यक्रममा परियारको समाधानकर्मीसँग भेट भयो । घरमा जाने भनेपछि उनी निकै खुसी देखिन्थे । गहभर उनका खुसीका आँसु टिलपिलाए । जन्म घर र परिवार भेट्न उनी निकै आतुर रहेको उनको हाउभाउले देख्न सकिन्थ्यो । घरि घरि उनी गेटतिरै हेरिरहन्थ्ये । टोलाइरहन्थ्ये । सायद उनलाई लाग्थ्यो, ‘कसैले मलाई लिन आइपो हाल्छ कि उनलाई लाग्दो हो ।’

Advertisement


घरमा ४ जना दाजुभाइ आमा बुबा बहिनी रहेको उनी बताउँछन् । किशोर अवस्था पार गरेपछि विवाहा गरेको परियाले श्रीमतीको साथ भने पाएनन् । श्रीमतीले छोडर अर्र्कासँग विवाह गरेको उनी सुनाउँछन् । सन्तान भने भएनन् । यो भन्दा पहिला पनि पोखरा आएर काम उनले गरिसकेका थिए । भन्छन्, ‘विदेशीहरुको झोला बोकेर लेक सम्म जान्थे । ‘गन्तव्यसम्म पु¥याएको राम्रो आम्दानी हुन्थ्यो म यसैमा खुसी थिएँ । घरपरिवारमा पनि समस्या बढ्दै गयो । सबै दाजुभाइ छुट्टिए । फेरि घरमा गएँ,’ उनले भने, ‘घरमा जाँदा श्रीमती पनि घरमा भइनन् । एकजना दाजुले पोखरा बोलाउनुभयो अनि आए ।’ यसपछि भने उनलाई केही थाहा छैन ।


आश्रममले बेलुकाको समयमा सडकमा व्यवारिस व्यक्तिलाई उद्धार गर्ने गरेको आश्रमका कास्की जिल्ला संयाेजक राजन सापकोटाले बताए । अहिलेसम्म सडकमा व्यवारिस भेट्टाएका मानिसहरु १ सय ६७ जना छन् । यी सबै आश्रममा सडकबाटै लाएर हेरचाह भइरहेको छ । अहिले हेम्जा र पातालेछाँगोमा गरी पोखरामा २ वटा आश्रम छन् । यहाँबाट सेवा दिइरहेको छ । ०७४ देखि पोखरामा मानव सेवा आश्रम आएदेखि २ सय ७५ जनालाई पुनर्मिलन गरिसकेको सापकोटा बताउँछन् ।

Advertisement


आश्रमले करिब १ वर्षदेखि आश्रममै रहेका मिक्लेस सदालाई पनि सोही दिने पुनर्मिलनका लागि घर पठाइएको छ । गत वर्ष चैत ६ गते इटहरी घर भएका सदालाई बेलुका करिब ९ बजेको समयमा पोखरा १७ डेभिजफल्सबाट उद्धार गरिएको थियो । उद्धार टिमले मानसिक रुपमा कमजोर अवस्थामा उनलाई भेटाएको थियो । पुनर्मिलनका लागि जाने भनेपछि उनको मुहारमा पनि छुटै चमक २९ गते छाएको थियो । घर जान आतुर उनले घरमा आमाबाबुको यादले सताएको बताए । घरमा गएर सबैभन्दा पहिला बाबुआमालाई देख्न मन लागेको उनी सुनाउँछन् । १ हप्तादेखि घरमा जान्छु भनेपछि घर पठाउन लागेको संयाेजक सापकोटाले बताए ।


आश्रमले कृष्ण परियार र मिक्लेस सदा, गन्ने रोका र निर्मला मानवलाई पनि पुनर्मिलनका लागि घर पठाइएको छ । ३ वर्षअघि रोकालाई पोखराको लेकसाइडबाट उद्धार गरेको मानसिक अवस्थाबाट ग्रसित रोका पनि घर जान्छु भने पनि घर पठाइएको छ ।

उनले पनि केही दिनदेखि आश्रमबाट घर जान चाहेको बताएका थिए । यता निर्मला मानवले भने आफू घरमा गएर दाइलाई भेट्न चाहेको बताइन् । उनलाई पनि केही समय अघि शान्तिचोकबाट उद्धार गरिएको थियो । विराटनगर घर बताएकी उनी अब घरमै गएर बस्ने इच्छा देखाएकाले आश्रमबाट परिवारको जिम्मा लगाउन आश्रमले सुरु गरेको एम्बुलेन्सबाट ४ जनालाई घर पठाइएको छ । मंगलबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ जनालाई माला लगाएर आश्रमबाट बिदाइ गरेका थिए । गुरुङले आफू सरकारमा हुँदा दिएको १० लाख र आश्रमले थपेर किनेको एम्बुलेन्स पनि उद्घाटन गरे । उद्धार गरेर उपचारपछि २ सय ७५ जनालाई परिवारसँग पुनर्मिलन गराइसकेको मानवसेवा आश्रम हेम्जाका सहसंयोजक सदीश पुनले जानकारी दिए ।


आश्रमले हप्ताको २ दिन मंगलबार र शनिबार सडक सेवा भनेर रातको समयमा सडकमा बेवारिस व्यक्तिहरुलाई उद्धार गर्ने पुन बताउँछन् । पोखरामा ०७४ साल चैत १७ गते स्थापना भएको मानवसेवा आश्रम ४ वर्षमा २ वटा शाखा विस्तार गरेर सेवा दिइरहेका छ । सुरुआती चरणमा मुठीदानबाट आश्रमबाट सेवा दिइरहेको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया